चैत्र २३ । सिन्धुपाल्चोकमा आज जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट सिन्धुपाल्चोकको भोटाङ जाँदै गरेको बा २ छ ७३८९ नम्बरको जिप आइतबार दिउँसो थाङ्पाल गाविस १ सिहाने गाउँमा दुर्घटना भएको हो ।
जिप सडकबाट करिब तीन सय मिटर तल खसेको र जिपमा रहेका आठ जना मध्ये पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। एक यात्रुले हाम्फालेर ज्यान जोगाउन सफल भए।
उक्त दुर्घटनामा दुई जना घाइते समेत भएका छन्।



