काठमाडौं २८ फागुन । बंगलादेशबाट काठमाडौंका लागि उडेको युएस बंगला विमान सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको छ ।
जहाज दुर्घटनामा परी दुई पाइलट र ४७ यात्रुको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए। तीमध्ये ३३ जना नेपाली थिए। यात्रुमध्ये १५ बगलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी थिए भने बाँकी नेपाली यात्रुमध्ये धेरै ट्राभल एजेन्सीमा काम गर्ने थिए।






