चैत्र २३ । उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले एक वर्षभित्र संविधान जारी हुनेमा शंका नगर्न भनेका छन् ।
मन्त्री सिंहले सरकारले विधि र प्रक्रिया पूरा गरी राजनीतिक सहमतिका आधारमा नै छिट्टै स्थानीय निकायमा चुनाव गराउन मिति तोक्ने पनि बताए ।
दाङको शान्तिनगरमा बयाले सिमतारा क्याम्पस भवन शिलान्यास तथा क्याम्पस सञ्चालनका लागि आर्थिक सहयोग जुटाउन आयोजित महायज्ञको उद्घाटन गर्दै उनले दलीय सहमतिका आधारमा सरकारले चुनावको मिति घोषणा गर्ने बताए ।
आजै घोराहीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै सिंहले स्थानीय निर्वाचनको तयारीमा लाग्न निर्देशन समेत दिएका छन् ।