काठमाडौं । वार्षिक परीक्षा पछि एक महिना फुर्सद रहेका बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले चार वर्षदेखि ‘जुनियर स्कुल प्रिन्सेस’ प्रतियोगिता आयोजना गर्दै आएको छ ।
यसै क्रममा तस्रो सँस्करणको ‘जुनियर स्कुल प्रिन्सेस–२०१४’को प्रतियोगी चयनका लागि ६१ जना बालिकाहरु शनिबार प्रारम्भिक छनौट कार्यक्रम (अडिसन)मा सहभागी भए । प्रारम्भिक छनौटमा काठमाडौ उपत्यकाका २० विद्यालयका बालिकाहरु सहभागी भएका थिए । जस मध्यबाट ६ वर्ष देखि १३ वर्ष उमेरका ४० जना बालिकाहरु यो प्रतियोगिताको लागि अन्तिम प्रतिस्पर्धीका रुपमा चयन भएका छन् ।
प्ररम्भिक चयनको निर्णायकमा लन्डन फेशन हाउसकी निर्देशक एवँ फेशन डिजाईनर मनिषा डँगोल श्रेष्ठ, एसएलसी प्रिन्सेस–२०१३ विजेता अमृता अधिकारी र चलचित्र निर्देशक एवँ सञ्चारकर्मी डब्बु क्षत्री थिए ।
चयन भएका प्रतियोगीहरुको प्रशिक्षण २३ चैतबाट सुरु हुने आयोजक सँस्था सिजन मिडियाका अध्यक्ष प्रदीप राज वन्तले जानकारी गराएका छन् ।
उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकाश सम्बन्धि विभिन्न प्रशिक्षण दिईने छ । बाल उपायोगी प्रशिक्षण सम्बन्धि विज्ञबाट गराईने पनि वन्तले जानकारी गराए । प्रतियोगीहरुलाई साँगा स्थित काठमाडौं फन भ्याली, भक्तपुर दरवारक्षेत्र, छाउनी सँग्रहालय, गोदावरी बनस्पति उद्यान, जाउलाखेल चिडियाखान वालगृह लगायतको विभिन्न स्थमान भ्रमण गराईने छ । यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । यो प्रतियोगिताको सम्पूर्ण प्रतियोगीको ड्रेस डिजाईन अफिसियल डिजाईनरको रुपमा लन्डन फेशन हाउसले गर्दैछ ।
जुनियर स्कुल प्रिन्सेस–२०१४ को चयन भने १२ बैशाखमा काठमाडौं उपत्यतकामा भव्य समारोह माझ हुने छ । यो प्रतियोगितामा जुनियर स्कुल प्रिन्सेस–२०१४की वितेजाले एक वर्षसम्म अध्ययनका लागि छात्रबृति, मिनि ल्यापटप, मोवाईल, साईलक लगायतका विभिन्न उपहार प्राप्त गर्नेछिन् । यस्तो सह विजेता र उप विजेताले पनि विभिन्न उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न उपाधि पनि रहेको छ ।