विश्व प्रख्यात वैज्ञानिक स्टेफन हकिङको बुधबार ७६ वर्षको उमेरमा निधन भएको छ ।बेलायतका हकिङ ब्ल्याक होल र सापेक्षतासम्बन्धी सिद्धान्तमा उनको योगदान महत्वपूर्ण मानिन्छ । आइन्सटाइनले ब्याख्या गर्न नसकेका कतिपय भौतिक शास्त्रका कुरालाई हकिङले ब्याख्या गरिदिएका थिए।

उनले ब्ल्याक होल र बिग ब्यांग सिद्धान्तको पनि ब्याख्या गरेका थिए। अल्बर्ट आइन्सटाइनपछि विज्ञानको क्षेत्रमा योगदान गर्ने वैज्ञानिकहरूमध्ये हकिङ अग्रपंक्तिमा पर्छन् ।

उनले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लगायत थुप्रै विज्ञानसँग सम्बन्धित पुस्तक लेखेका छन्। सन् १९८८ मा प्रकाशित भएको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ एक करोडभन्दा बढी प्रति बिक्री भएको थियो । सन् १९४२ मा अक्सफोर्डमा जन्मिएका हकिङ २१ वर्षका हुँदा उनलाई नसासम्बन्धी रोग लागेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।