काठमाडौं । एनआईसी एसिया बैंकले शुक्रबार २ चैत्रदेखि समुन्नती प्लस बचत खाता र धनवर्षा खाता बन्द गर्ने भएको छ ।
बैंकर्स संघबिच भएको सहमति अनुसार व्याजदर समान राख्ने सम्झौता विपरित एनआईसी एसिया बैंकले अन्य बैंक भन्दा बढी ब्याजदर कायम गरेपछि विवाद उत्पन्न भएको थियो । अन्य बैंकले एनआइसी एसियासँग अन्तर बैंकिङ कारोबार नगर्नेसम्मको विवाद उत्पन्न भएसँगै राष्ट्र बैंकको अग्रसरतामा विवाद समाधान भएको हो ।
विवाद समाधानसँगै दुई वटा खाता बैंकले बन्द गर्न लागेको हो । बैंकले सूचना जारी गरेर ग्राहकलाई जानकारी समेत गराएको छ ।
‘बैंकले मिति २०७४ फागुन ११ देखि सञ्चालनमा ल्याएको समुन्नती खाता –ब्याजदर १० प्रतिशत) र १ वर्षे धनवर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) अन्तर्गत यही चैत २ गते शुक्रबाचरसम्म मात्र नयाँ खता खोलन सकिनेछ, तत्पश्चात् उपरोक्त उल्लिखित दुवै योजनाहर बन्द गरिनेछ,’ बैंकले जारी गरेको सुचनामा भनिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।