काठमाडौं ३० फागुन । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले २५ % हकप्रद निष्कासन गर्ने भएको छ । उन्नतिलले चैत २१ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । हकप्रद निष्कासन गर्ने सञ्चालक समितिको निर्णयलाई आगामी साधारण सभाले अनुमोदन गर्नुपर्नेछ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो । उन्नतिले अब हाल कायम चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँको २५ % दरले हुन आउने १ करोड ३७ लाख ५० हजार रुपैयाँको १ लाख ३७ हजार ५०० कित्ता निष्कासन हुनेछ ।
सभा प्रयोजनका लागि उन्नतिले चैत ७ गते बुक क्लोज गर्नेछ । उन्नति माइक्रोफाइनान्सले केही समय अघिमात्रै १ लाख ६५ हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।