काठमाडौं १ चैत । सरकारले आजदेखि २० वर्ष सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
२० वर्ष नाघेका सवारी साधन चलाएको अवस्थामा जफत गरी कवाडीमा लिलाम गरिने सरकारले जनाएको छ । सरकारले यसअिघ नै चैत ञ्१ गतेदेखि २० वर्ष पुराना गाडी हटाउने निर्णय गरिसकेको थियो ।
देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेपछि हटाउने निर्णय गरिएको हो ।
हाल देशभर २० वर्ष पुराना सवारी साधन साढे पाँच हजार रहेको यातायात विभागको अनुमान छ । विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ ।
Comments