काठमाडौं १ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवार उठाएको छ । कांग्रेस सांसद पुष्पा भुसालले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।
सभामुखमा उम्मेदवारी नदिएको कांग्रेसले उपसभामुखमा मात्र दिनुलाई निक्कै अर्थका साथ हेरिएको छ । सभामुखमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरालाई कांग्रेसले समर्थन समेत गरेको थियो । यद्यपी, कांग्रेसले सभामुख, उपसभामुखमा उम्मेदवारी दिँदा पनि वाम गठबन्धनको बहुमतका कारण जित्ने सम्भावना छैन ।
तर, माओवादी केन्द्रका सभामुखका उम्मेदवारलाई समर्थन गरेर माओवादीसँग राजनीतिक दुरी टाढा राख्न नखोजेको कांग्रेसले सन्देश दिएको छ ।
वाम गठबन्धनमा एमालेको भागमा परेका उपसभामुखमा भने कांग्रेसले उम्मेदवारी दिएर निर्विरोध बनाउन चाहेन । यसअघि कांग्रेसले उपसभामुख पद मागेको समेत थियो । उपसभामुखको निर्वाचन भोलि २ बजे हुँदैछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।