काठमाडौं ३० फागुन । प्रधानन्यायाधिश गोपाल प्रसाद पराजुलीले सचिवले आफूलाई पदमुक्त गराउने अधिकार नै नभएको जिकिर गरेका छन् ।
न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधिश पराजुली उमेर हदका कारण पदमुक्त भएको जानकारीसहित पत्र सार्वजनिक गरेसँगै बिबिसी नेपाली सेवासँगको कुराकानीमा सचिवसँग त्यस्तो गर्ने अधिकार नै नभएको भन्दै आफू पदमा नै रहेको र भोलि कार्यालय (सर्वोच्च अदालत) जाने बताएका छन् ।
उनले पत्रमा भनिए बमोजिम भएमा अझै एक वर्ष पदमा रहने भन्दै न्यायपरिषदको जन्ममिति नै आधिकारिक हुने दाबी समेत गरे ।
उनले राष्ट्रपति, प्रधानमन्त्री कसैले पनि आफूलाई बिदामा बस्न नभनेको समेत बताएका छन् । बेन्च बहिस्कार गरेका न्यायाधिशसँग आज छलफल भएको भन्दै भोलिदेखि उनीहरु पनि कामा फर्कने र कोही बिदामा बसेको समेत उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।