चैत्र २२ । रौतहटको चन्द्रनिगाहपुर बजारमा बस्दै आएका कैलाश मल्लिक (डोम) का छोरा राजा मल्लिक साढे तीन वर्षका छन् ।
विवाहका लागि राजालाई छोरी दिन तीन ठाउँबाट कुटुम्ब आइसकेका छन् । तर राजाका बुबा कैलाश भने आउँदो मंसिरमा छोरा चार वर्षको भएपछि मात्र विवाह गर्ने अडानमा छन् । उनी लिकस्वरुप ५० हजार लिने योजनामा छन् ।
छोराको विवाह गरिदिने योजना बनाउँदै गरेका कैलाशको सानै उमेरमा विवाह भएको हो । आफ्नो विवाहका बारेमा आफूलाई केही सम्झना नरहेको बताउँछन् उनी । उनका तीन छोरीको सानै उमेरमा विवाह भइसकेको छ । तीन वर्षअघि उनले ७ वर्षकी छोरी शिलाकुमारीको विवाह बारास्थित गन्जभवानीपुरका एक बालकसँग गरिदिएको थिए ।
शिला माइतमै बस्दै आएकी छन् । उनले भनिन्- ’ठूली भएपछि घर जान्छु ।’
कैलाशका छिमेकी मंकर मल्लिकले पनि चार वर्षकी छोरी पुनमकुमारी मल्लिकको विवाह दुई वर्षअघि बारा पथलैयाका ६ वर्षका मुकेश मल्लिकसँग गरिदिएका थिए । पुनमको विवाहमा १० हजार नगद र एक थान साइकल दाइजो दिएको मंकरले बताएको खबर अन्नपूर्णपोष्टमा छापिएको छ ।
Comments