काठमाडौं १ चैत । आईसीसी विश्वकप क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाएको छ । पपुवा न्यूगिनीसँग नेपालले सानदार जित निकालेसँगै एक दिवसीय मान्यताको नजिक पुगेको नेपाल अर्को खेलमा नेदरल्याण्डले हङकङलाई पराजित गरेसँगै एक दिवसिय मान्यता पाएको हो । टुर्नामेन्ट जारी रहेकाले एक दिवसिय पाएको औपचारिक घोषणा हुन भने बाँकी छ ।
नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको थियो । ११५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा नै लक्ष्य भेटाएको थियो ।
अर्को खेललमा १७४ रनको विजयी लक्ष्य पछ्याएको हङकङ १३० रनमै आउट हुन पुग्यो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।