चैत्र २१ । प्रधानमन्त्री सुशील कोइरालाले सरकारको पहिलो प्राथमिकता जनताका हातमा संविधान थमाउने रहेको बताएका छन् ।

उनल एक वर्षभित्र जनतालाई लोकतान्त्रिक संविधान दिने बाचा पनि गरेका छन् ।

डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपालको १२औं राष्ट्रिय सम्मेलनकोे आज काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारको पहिलो प्राथमिकता जनताका हातमा संविधान थमाउने र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनु रहेका बताए ।

बाहिर रहेका दललाई केही दिनभित्रै सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेकाले सबै दलको सहमतिबाट मात्र मुलुकले निकास पाउने उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।