काठमाडौं २ चैत । केन्द्रीय सरकारकाे मन्त्रीपरिषद संख्या फेरि थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० वटा मन्त्रालय घटाएर १७ मा झारिएको थियो । तर, दलहरुको भागवण्डा मिलाउन फेरि ३ वटा मन्त्रालय थपेर प्रधानमन्त्रीको कार्यालयसहित २१ पुर्याइएको छ ।
थपिएका मन्त्रालयहरुमा सिँचाई, युवा तथा खेलकुद र श्रम तथा रोजगार छन् । शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद फुटाइएको छ र अब शिक्षा र युवा तथा खेलकुद अलग मन्त्रालय भएका छन् ।
श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई फुटाइएको छ । अब श्रम तथा रोजगार र महिला तथा बालबालिका अलगअलग मन्त्रालय भएका छन् । संविधानमा संघीय मन्त्रिपरिषद्मा बढीमा २५ सदस्यीय हुने प्रावधान छ ।
Comments