चैत्र २० । काठमाडौंको सुन्धारामा रहेको केन्द्रीय कारागारलाई नुवाकोटको विदुरमा सारिने भएको छ । 
जति सक्दो छिटो भौतिक संरचनाको निर्माणपछि कारागार त्यहाँ सार्ने निर्णय सरकारले औपचारिक रुपमै गरेको हो । गृहमन्त्रालयले केन्द्रीय कारागार सार्ने बारे गरेको उक्त प्रस्तावलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेसँगै अब केन्द्रीय कारागार सारिने भएको हो । अहिले रहेको केन्द्रीय कारागार जिर्ण र असुरक्षित बन्दै गएको भन्दै सार्नुपर्ने सुझाव यसअघि गठन भएका विभिन्न समितिले दिएको थियो ।
यता, आजको मन्त्रीपरिषद बैठकले सचिवमा बढुवा भएका प्रभावकर पाठकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापना गरेको छ । बैठकले त्रिवि शिक्षण अस्पताल महाराजगंजलाई ३ करोड रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ ।
बैठकले मेलम्ची आयोजनाका लागि २ अर्ब ४३ करोड ऋण स्विकृत गरेको छ । इटलीमा अवैतनिक महावाणिज्य दूतावास खोल्न र हंगेरीलाई नेपालमा वाणिज्य दूतावास खोल्न बैठकले स्विकृति प्रदान गरेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।