दिपबहादुर घर्ति

जनजाति राष्ट्रिय प्रतिष्ठान जावालाखेलको आर्थिक सहयोगमा नेपाल आदबविासबासी/जनजाती महासंघ जिल्ला समन्वय परिषद जाजरकोटको आयोजनामा उक्तम तालिम सम्पन्न भएको हो ।
आदीबासी/जनजातीहरुका अधिकारहरुलाई राज्यसंग स्थापित गर्न, जिल्लाका २६ वटा गाविसमा रहेका जनजातीहरुलाई संगठित गरि परिचालन गर्नका लागि तालिमका सहभागिहरुले संकल्प प्रस्ताव पास गरेका हुन ।

जाजरकोट जिल्लाका ३० वटा गाविस मध्ये २६ वटा गाविसमा जनजातीको संख्या रहेको जसमध्ये सुवानाउली,साल्मा,जुगाथापाचौर र नायकबाडाँ गाविसमा जनजातीको संख्या नभएको तालिमका प्रशिक्षक दल बहादुर घर्तिले बताए । उनले सबै भन्दा बढी जनजाती संख्या रहेको गाविस डाडाँगाउँ रहेको र त्यहाको जनजाती संख्या ३ हजार १ सय ८४ जना, सबै भन्दा कम जनजाती संख्या रहेको गाविस दशेरामा जनजातीको संख्या १ जना मात्र रहेको उल्लेख गरे ।
साथै जिल्ला भरि कुल जानजाती संख्या १५ हजार १ सय ३५ जना मध्ये महिला ७ हजार ४ सय ६३ जना र पुरुष ७ हजार ६ सय ७२ जना रहेको छ प्र्रशिक्षक घर्तिले भने । प्रशिक्षक घर्तिकानुसार जाजरकोट जिल्लामा रहेका आदीवासीहरुमा मातृभाषा बोल्न सक्ने जनजातीहरु पजारुको टीकाचौर, दहको जुर्क र निपाने, ढिमेको समाईला र धर्नासि, पैंकको चाल्ना र लहँको भारगाउँ र खानटाकुरामा मात्र रहेका छन । जनजातीको शैक्षिक जनशक्ति जिल्लामा प्राविधिकहरुको संख्या न्युन नगन्ने मात्रमा रहेको छ भने औपचारिक शिक्षा हासिल गर्ने स्नातातकोतर को संख्या नै बढी मात्रामा देखिएको छ भने पिएचडि गर्ने संख्या सुन्यनै रहेको छ । रोजगारिका हिसावले जिल्लाका जनजातीहरु शिक्षण पेशामा बढी रहेका छन भने सुरक्षा फौजमा पनि केही संख्या रहेको छ । जिल्लाको नीतिगत निर्णयको पहुँचमा पुगेको जनजाती संख्या एकदमै कम रहको छ ।
जिल्लाको शासन सत्तामा बसेर जनजातीहरुलाई दवाउने कोशिस गर्ने शाह र काजी सावहरुको विरुद्ध ठुलो संघर्ष गर्नुका साथै गोली काण्ड गर्ने जनजातीहरुको पुस्ता अझै जाजरकोटमा जिवितै रहेको छ ।
Comments