काठमाडौं । अस्ट्रेलियाले भिसा प्रक्रियामा परिवर्तन गरेको छ । नयाँ प्रक्रियाले पीआर अनुमतिमा सहज र छोटो भिसामा कडाई गरेको पाइएको छ । नयाँ नियमले विद्यार्थीहरुलाई सबैभन्दा बढी कठिनाई पर्ने समेत देखिएको छ । यस पहिलेको ४५७ भिसामा अध्ययन सकेपछि प्रक्रियामा जान सहज हुने भए पनि नयाँ भिसामा भने विद्यार्थीलाई भिसाका सर्त पूरा गर्न कठिन बनाइएको छ ।
अब लामो भिसामा अस्ट्रेलिया आउने विदेशी कामदारले स्थायी बासिन्दा (पीआर) को अनुमतिका लागि आवदेन दिन पाउनेछन् भने छोटो भिसामा आउनेहरूलाई यो सुविधाबाट वञ्चित गरिएको छ । दुई वर्षका लागि आउनेहरूले काम सकेपछि फर्कनुपर्ने छ भने ४ वर्षका लागि आउनेहरूले आएको ३ वर्षपछि स्थायी अनुमतिका लागि आवेदन दिन पाउनेछन् ।
Comments







