काठमाडौं ६ चैत । नेपालीले टेलिफोन कुराकानीमा नै वर्षमा ५३ अर्बभन्दा बढी रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । नेपाल टेलिकम र एनसेलले एक वर्षमा जीएसएम मोबाइल सेवाबाट ५३ अर्ब ६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । नेपालीले टेलिफोनमा गरेको खर्च नै यी दुई कम्पनीको आम्दानीको स्रोत समेत हो ।
यो वर्ष नेपाल टेलिकमले ४० अर्ब ३१ करोड ९० लाख ९३ हजार आम्दानी गरेको छ भने एनसेलले ५६ अर्ब ९४ करोड ७१ लाख ३१ आम्दानी गरेको छ  ।
एनसेलले एक वर्षमा जीएसएम सेवाबापत २९ अर्ब २३ करोड ३ लाख ६४ हजार रुपैयाँभन्दा बढी र जीएसएम सेवातर्फ नेपाल टेलिकमले २३ अर्ब ८३ करोड २ लाख ५३ हजार रुपैयाँभन्दा बढी कमाइ गरेका छन् । यो तथ्यांकमा मोबाइल प्रयोगकर्ताले चलाउने डाटाको खर्च बाहेकको हो ।

एनसेलले इन्टरनेट सेवा दिएर मात्रै १० अर्ब ७० करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । एनसेलभन्दा केही कम आम्दानी गरेको नेपाल टेलिकमको कमाइ इन्टरनेट सेवामार्फत करिब ८ अर्ब छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।