काठमाडौं ७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदमा हुँदा नै मेलम्ची काठमाडौंमा आउने घोषणा भयो । गत नयाँ वर्षमा काठमाडौंमा मेलम्ची पानी आउने बताए पनि आएन । त्यसपछि दशैं अघि नै मेलम्ची पानी आउने भनेर प्रधानमन्त्रीकाे रूपमा उनले भाषण गरे । मेलम्ची पानी भने अहिलेसम्म आउन सकेको छैन मात्र कहिले अाउने भन्ने टुंगाे समेत छैन ।

स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न भएसँगै प्रचण्ले पदबाट राजीनामा दिएका थिए । प्रचण्डले मेलम्ची अाउने बताएकाे पनि वर्ष दिन नाघेकाे छ ।
अहिले वर्ष दिनपछि प्रचण्डकै बुहारी बिना मगर खानेपानी मन्त्री बनेकी छिन् । उनले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने समेत बताएकी छिन् ।
अघिल्लै वर्ष प्रचण्ड प्रधानमन्त्री हुँदा पानी आउँछ भनेकोमा अहिलेसम्म नआएपछि कतै बुवाको पालामा नआएको पानी बुहारीको पालामा त आउँला भनेर प्रश्न समेत गर्ने गरेको पाइएको छ ।
मन्त्री मन्त्री मगरले भने राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा आगामी दशैँभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम गर्न निर्देशन दिएको बताएकी छिन् ।
केही दिनदेखि मेलम्चीको काम रोकिएको र आफूले त्यहाँको भ्रमण गरेर तत्काल काम अगाडि बढाउन निर्देशन दिएको बताउने उनले अब २५ दिनभित्रमा सुन्दरीजल र दशैँसम्ममा काठमाडौँमा मेलम्चीको पानी आउने दाबी गरेकी छिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।