काठमाडौं ८ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशमा कामको समयमा फेसबुक बन्द गर्ने चेतावनी दिएका छन् । उनले कर्णाली प्रदेशमा एनजिओले मानिसहरुलाई परनिर्भर बनाएको भन्दै सरकारले तोकेको काम नगर्नेलाई रोक लगाउने समेत बताएका छन् ।
एनजीओ नभएसम्म कर्णालीमा गरिबी नभएको र एनजिओ छिरेपछि कर्णालीबासी गरिब भएको भन्दै उनले आवश्यक कानुन बनाएर रोक लगाइने बताए । ‘एनजिओ नहुँदा कसैले चाउचाउ खादैन थिए, कर्णाली कै उत्पादन खान पुग्थ्यो, अहिले परनिर्भर बनाएको छ,’ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । उनले सरकारले अनुमति दिएको काम गर्ने र अनुमतिमा चल्ने एनजिओलाई मात्र चल्न दिने बताए ।
मुख्यमन्त्री शाहीले काम गर्ने बेला फेसबुक चलाएर बस्ने गरेको भन्दै दिनको समयमा प्रदेशमा फेसबुक समेत बन्द गर्ने बताए । ‘हामीले जति पसिना बगाउँछौं, त्यति फाइदा हुन्छ, उनले भने, फेसबुक चलाएर फाइदा हुन्न, केन्द्रले अरुले फेसबुक बन्द गरुन, हामी हाम्रो प्रदेशमा बन्द गर्छौ ।
रारा–कर्णाली पर्यटन वर्ष घोषणा
कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को घोषणा गरेको छ । आगामी वैशाख १ गते पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । पर्यटन वर्षमा रारामा बोर्डमा कर नलगाइने मुख्यमन्त्री शाहीले जानकारी दिए ।
कर्णाली प्रदेशमा फेसबुक बन्द गरिने, एनजिओलाई रोक लगाइने
Comments







