काठमाडौं ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत अन्तिम साता भारत भ्रमण गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीको पहिलो राजकिय भ्रमण भारत कि चीन भनेर चर्चा चुलिएको बेला उनले भारत नै पहिलो राजकिय भ्रमण गर्ने तयारी गरेका हुन् ।

चैतको अन्तिम साता भ्रणमको कुरा भैरहेको र मिति टुंगो नलागीसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नियुक्त भएपछि ओलीलाई बधाई दिँदै भ्रमणको निम्तो दिएका थिए। यसअघि, प्रधानमन्त्री हुँदा ओलीले भारतीय नाकाबन्दीको सामना गरेका थिए भने चीनसँग थुप्रै सम्झौता गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।