चैत्र १७ । यूनिटी ठगिकाण्डको आरोपमा त्यसका सञ्चालकहरुलाई अदालतले सजाय तोकेको छ । ललितपुर जिल्ला अदालतले पिरामिड शैलीको व्यापारबाट ठगी गरेको आरोपमा यूनिटीका १२ जना संचालकहरुलाई मात्र दण्ड गरेर अरु सय जनालाई सफाइ दिएको हो ।
अदालतले संचालकहरुलाई जनही १ करोड ६ लाख जरिवाना र तीन वर्ष कैद सुनाएको छ।
प्रवन्ध निर्देशक विष्णु क्षेत्री फरार छन्। अधिकांश संचालकहरु ३ वर्ष ९ महिना हिरासतम बसिसकेकाले थुनामा जानुनपर्ने भएको छ। उनीहरुबाट भराइने १२ करोड ७५ लाख जरिवाना अदालत आएका पिडितहरुलाई भराउने फैसला भएको छ।
युनिटिको नाममा पाँच वर्षमा ३ लाख ६८ हजार भन्दा बढिलाई सदस्य बनाई कम्पनीले ३ अर्ब ७९ करोड उठाएको थियो।
अदालतको फैसलापछि हिरासतमा रहेका २३ जाना सजायमुक्त भएका छन्।
Comments