चैत्र १७ । चीनको ल्हासा नगरपालिकाले सहयोग गरेपछि अब राजधानीका सडकहरु राति झलमल हुने भएका छन् । 
ल्हासाको सहयोगमा अहिले काठमाडौं महानगरपालिकाले सडकमा सोलार बत्ती जडान गर्न समेत थालिसकेको छ ।चीनको ल्हासा नगरपालिकाले निःशुल्क सोलार बत्ती प्रदान गरेपछि महानगरपालिकाले सडकमा धमाधम सोलार बत्ती राख्ने काम अघि बढाइरहेको छ ।
ल्हासा नगरपालिकाले सूर्यबाट चल्ने सोलार बत्ती उपलब्ध गराएको महानगरपालिकाका कार्यकारी प्रमुख लक्ष्मण अर्यालले बताए । ति सोलार बत्ती सडकमा राख्न थालेका उनको भनाई छ । हाल ९८ ओटा सोलार बत्ती जडान भइसकेको समेत उनले बताए । 
ती बत्तीहरु दरबारमार्ग, सिंहदरबार गेट, भद्रकाली, घन्टाघर र बसन्तपुरमा राखिएका छन् । जहाँ सोलार प्यानल, व्याट्री र बत्ती जोडिएको हुन्छ ।
ल्हासाले आवश्यक मात्रामा सोलार बत्ती सहयोग गर्ने जनाएको छ । यो वर्षभित्र करिब ५ सय सोलार बत्ती जडान गर्ने लक्ष्य महानगरपालिको राखेको छ । नेपाल विद्युत् प्राधिकरणसमेतले सोलार बत्ती राख्ने तयारी गरिरहेको छ । विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा सोलार बत्ती राख्न लागेको हो । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।