काठमाडौं ११ चैत । प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले आफूले काइ काटेर खान पाउनुपर्ने भनेर कहीँ नबोलेको बताएकी छिन् ।
उनले राजनीतिक प्रतिशोधका कारण कांग्रेसले आफू विरुद्ध गलत हल्ला फैलाएको समेत बताएकी छिन् । ‘यो राजनीति प्रतिशोतको आधारमा चलाइएको हल्ला हो भन्ने लाग्छ मलाई । नुवाकोटमा कांग्रेस हारेको छ ।’ रातोपाटी डटकमलाइ प्रतिक्रिया दिँदै उनले भनेकी छिन्, ‘त्यो खपिनसक्नु भएर गलत अफबाह फैलाइएको हो ।’
तामाङले चेलिबेटी बेच्ने सुनबहादुर तामाङका मान्छेहरु अत्तालिएर आफूमाथि प्रहार गरेको समेत बताएकी छिन् । ‘तामाङ समुदायको चेलिबेटी बेच्ने सुनबहादुर तामाङलाई वडा अध्यक्ष बनाएर उससँग धेरै खाइपिइ आएका ब्यक्तिहरुले अब खान नपाउने भए । सँगसँगै कांग्रेसको इमेज थप ड्यामेज भयो । र, आत्तिएर म माथि यो प्रहार भएको हो ।’
नेपाल तामाङ घेदुङले भनेको कुरालाई आफूसँग जोडेर नियोजित तरिकाले भ्रम सिर्जना गरेको भन्दै उनले आफूले कहीँ पनि यस्तो नभनेको समेत स्पष्ट पारेकी छिन् । उनले भनेकी छिन् ‘मैले गाइ काटेर खान पाउनु पर्छ भनेर कहाँ बोलेको कुनै आधार छैन । काँही केही भनेकी छैन । त्यसतो रेकर्ड पनि छैन । अहिले म जुन पोष्टमा छु । त्यो पोष्टमा रहेर मैले के गर्नु पर्छ । के बोल्नु पर्छ भन्ने मलाई राम्ररी थाहा छ ।’
मैले गाइ काटेर खान पाउनु पर्छ भनेर बोलेको छैन, कांग्रेसले फैलाएको गलत अफबाह हो : राधिका तामाङ
Comments