पौष १४, काठमाडौं
काफिया फिल्मस, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भैरहेको फिल्म ‘लिलिबिली’को युरोप छायांकन सकिएको छ। युवा पुस्तामा चर्चित नायक प्रदीप खड्का र नायिका प्रियंका कार्की, जसिता गुरुङ र अनुपविक्रम शाही लगायतका कलाकारको मुख्य भुमिका रहेको चलचित्रको  बाँकी छायांकन नेपालमा नै हुने भएको छ । 
लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुलमा पुगेर फिल्मको युरोप इन्डक्ल्याप भएको हो।  स्थानबुलमा भने प्रदीप खड्का र प्रियंका कार्कीको फिचरिङ रहेको गीतको छायांकन भएको  थियो ।  मिलन चाम्स निर्देशित सिनेमा नेपाली नयाँ वर्षको अवसर पारेर चैत ३० मा रिलिज हुदैछ। 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।