चैत्र १६ । हेटौडा-कुलेखानी-सिस्नेरी-फर्पिङ सडक खण्डमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । 
राजधानी प्रवेश गर्ने बैकल्पिक राजमार्गको रुपमा रहेको उक्त स्थानमा शनिबार राती बा १ ज ३९९० नम्वरको  भाडाको ट्याक्सी दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा चालक यज्ञ पौडेलको अवस्था गम्भिर रहेको छ । मृतकहरुमा दुई महिला र चार बालबालिका रहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौवाट हेटौडातर्फ आइरहेको उक्त ट्याक्सी घुम्तिमा मोड काट्ने क्रममा ब्रेकफेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।