काठमाडाैं १६ चैत । रसुवागढी हाईड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत्त कम्पनीको साधारण सेयर आज साँझसम्म बाँडफाँड हुने भएको छ । धितोपत्रले गरेको व्यवस्था बमोजिम सबै आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्ने तयारी रहेको छ । बाँडफाँड गर्दे जाँदा सबै आवेदकलाई दश कित्ता नपुग्ने अवस्थामा भने गोलाप्रथाबाट बाँकी सेयर वितरण हुनेछ ।
रसुवागढी हाईड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत्त दुबैले फागुन ११ देखि ३० गतेसम्म सञ्चयकोषमा बचत गर्ने सञ्चयकर्ताका लागि तथा चैत ५ देखि १३ गतेसम्म दुवै कम्पनीका संस्थापक सेयरधनीको रुपमा रहेका नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय संघ संस्था तथा ऋणदाताको रुपमा रहेको कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि साधारण सेयर निष्काशन गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।