काठमाडौं ३० चैत । शियन लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद भर्ने समय १४ दिन थप गरेको छ । फागुन १३ गतेदेखि निष्काशन गरेको ५० प्रतिशत हकप्रदमा आवेदन गर्ने समय ०७५ बैशाख २ गते आइतबारसम्म पुर्याइएको हो । यसअघि १८ चैतसम्मको समयावधी दिइएको थियो ।
बीमा समितिको निर्देशन अनुसार ०७५ असारसम्ममा दुई अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा रहेको एशियन लाइफले एक सय रुपैयाँ अंकित दरका ४० लाख २७ हजार ९६६ कित्ता सेयर बिक्री गरिरहेको छ ।
Comments







