काठमाडौं १६ चैत । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ ।

उपचारमा रहेका नेता खड्काको शुक्रबार अपराह्न ५ः१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनी मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित थिए ।

खड्का ३० साउन २०६८ मा सर्वोच्चद्धारा भ्रष्टाचार मुद्धामा दोषी समेत ठहरिएका थिए । सर्वोच्चले खड्कालाई भ्रष्टाचार ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ बिगो तथा त्यतिनै जरिवाना गरेको थियो । पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको मुद्दामा दोषी मान्दै सर्वाेच्चले खड्कालाई भ्रष्टाचारी ठहर गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।