काठमाडौं १७ चैत । नवोदित साहित्यकार कौशिला रिसालले नयाँ वर्षको पूर्वसन्ध्यामा प्रथम साहित्यिक कृति बालकथा संग्रह ‘नयाँ वर्षको उपहार’ सार्वजनिक गरेकी छिन् ।
बालबालिकाको व्यवहार र आचरणमा आधारित १५ वटा कथा संग्रह रहेको साहित्यिक कृतिको शनिबार राजधानीमा एक कार्यक्रमका बिच विमोचन गरिएको छ । राजधानीको नयाँ बजार स्थित अक्सफोर्ड कलेजमा आयोजित विमोचन कार्यक्रममा पूर्वमन्त्री शान्ता मानवीले कृतिको विमोचन गरेकी थिइन् ।
कृतिको विमोचन गर्दै मानवीले समस्या र समस्यको समाधान दुवै कृतिले उजागर गरेको र सरल भाषामा कृति रहेकोले महत्वपूर्ण रहेको बताइन् । उनले अब साहित्य बिनाको राजनीति खहरे बगर जस्तो मात्र हुने भन्दै सबै राजनीतिककर्मीले साहित्य पढ्नेपर्ने समेत बताइन् । उनले सबै साहित्यकारहरुले समाजका लागि गौरव गर्न सक्ने काम गर्नुपर्नेमा समेत जोड दिइन् ।
कृतिको समिक्षा गर्दै साहित्यकार विन्दु शर्माले कथाकार रिसालको पहिलो कृति नै महत्वपूर्ण रहेको भन्दै कृतिले नेपाली साहित्यमा थप गरिमा बढाउने विश्वास व्यक्त गरिन् । संग्रहमा समावेस गरिएका कथाहरु बालमनोविज्ञानमा आधारित र समाजमा हुने गरेका विविध घटनामा आधारित रहेको र बालबालिको चाहना र रुचिमा आधारिध मुख्या पाटो रहेको भन्दै कृतिको छुट्टै महत्व भएको बताइन् । कथाको विविधता, फरक फरक पात्र, विभिन्न पक्ष र जानकारी र सुचनाले कृतिलाई न्याय गरेको उनको टिप्पणी छ ।
साहित्यकार राम प्रकाश पुरीले बाल साहित्यको क्षेत्रमा यस कृतिले महत्वपूर्ण स्थान ओगटेको बताए । बालबालिको संस्कार, सामाजिक धारणा, सिकाईमा कृतिको जोड रहेको उनको भनाइ्र्र छ ।
कार्यक्रममा साहित्यकारहरु बम बहादुर थापा जिताली, शैलेन्दु प्रकाश नेपाल, गितकार भारती उपाध्याय, साहित्यकार मदनराज थापा, प्रगतीशिल लेखक संघका उपाध्यक्ष डा.विन्दु शर्मा, राम प्रसाद पुरी लगायतको उपस्थिति रहेको थियो । उपस्थित साहित्यकारहरुले साहित्य समाजको दर्पण मात्र नभएर यो समाज र समग्र देशकै नेतृत्व भएको विषय उठान गरेका थिए । कार्यक्रममा विभिन्न साहित्यकारहरुले आफ्ना रचना वाचन पनि गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।