काठमाडौं । हामी लामो समय राजनीतिक परीवर्तनका निम्ती भनेर विभिन्न रुपमा आन्दोलनमा रह्यौँ र नेपालको पत्रकारीताले पनि देशको लोकतान्त्रीक परीवर्तनको निम्ति, गणतान्त्रिक परीवर्तनको निम्ति ठूलो भूमिका खेलेको कुरा ईतिहासमा राम्रो रुपमा दर्ज भई नै सकेको छ । म ति दिनहरु पनि सम्झिराखेको छु कसरी नेपालका पत्रकारहरुले शान्ति प्रकृयाको निम्ति, लोकतान्त्रिक गणतन्त्रको निम्ति भूमिका खेले भन्ने कुरा कति कठिन दिनहरुमा जोखिम उठाएर भुमिगत रुपमा हामीसंग सम्बाद गर्ने, अन्तरवार्ता लिने, त्यसलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा स्थापित गर्ने र शान्ति सम्झौताको निम्ति पनि वातावरण बनाउने एउटा राजनैतिक लोकतान्त्रिक परीवर्तनको पनि वातावरण बनाउनेमा ऐतिहासिक भूमिका खेलेको स्मरण हामी सबेले गरेकै छाँै । र यो बिच हाम्रो संक्रमणकाल अलि लामो भयो । यति लामो नहुनुपथ्र्यौ । जति ठूलो राजनीतिक परीवर्तन हामीले गरेका थियौँ, त्यसको व्यवस्थापनि जति छिटो गर्न सक्यो त्यति राष्ट्र र जनताको हितमा हुने थियो । दुर्भाग्यवस हामीले त्यसलाई छिट्टै समापन, छिट्टै सम्पादन गर्न सकेनौँ । तर खुसीको कुरा के हो भने हामीले अन्ततः त्यो परीवर्तनलाई संविधानसभा मार्फत सबभन्दा लोकतान्त्रिक विधिमार्फत संविधान घोषणा गरेर सम्पादन ग¥यौँ र हामी लोकतान्त्रिक निर्वाचनको प्रकृयामार्फत अहिले त्यो परीवर्तनलाई संस्थागत गर्ने प्रकृयालाई पनि सम्पादन ग¥यौँ र एउटा निश्कर्षमा अहिले स्थानीय, प्रादेशिक र संघिय सरकार गठन भई नै सकेको छ ।
अब समय फेरीएको छ । यूग नयाँ आएको छ । हामीले आन्दोलन धेरै ग¥यौँ । हामीले भाषण धेरै ग¥यौँ । हामीले तर्क धेरै ग¥यौँ । अव हामीले परीणाम दिनु छ जनतालाई । लोकतन्त्र भनेको, गणतन्त्र भनेको, समावेशी लोकतन्त्र भनेको जनताको देनिक जीवनमा प्रत्यक्ष रुपमा परीणाम ल्याउने, खुसी ल्याउने, सुख ल्याउने, समृद्धि ल्याउने परीवर्तन हो भनेर प्रमाणीत गर्ने समय आएको छ । म अहिले अरु व्याख्या नगरीकन अव हामीले सबैभन्दा पहिला त एउटा राष्ट्रिय संकल्प गर्नु छ । हामी तराई, मधेश, पहाड हिमाल, सम्पूर्ण नेपालीहरु, सबैजातजानी, भाषभाषि, संस्कृति, परम्पराका हामी सबै नेपाली हौँ । एकजुट भएर शुसासन, शान्ति, समृद्धिको एउटा नयाँ यात्रामा अगाडी बढ्ने संकल्प गर्नु परेको छ ।
प्रधानमन्त्री जी यहाँ हुनुहुन्छ, म यहाँ छु र हामी धेरै विशिष्ट पात्रहरु यहाँ छौँ, नेपाली ईतिहासका । यतिबेला हामीले शुसासन, स्थीरता र समृद्धिको नारा लिएर निर्वाचनमा गयौँ, जनताले हामीमाथी भरोसा ग¥यो र हामीलाई अगाडी जाउ हाम्रो साथ हुन्छ भनेर जनताले हाम्रा कुराहरुलाई अनुमोदन ग¥यो । यो अव राजनीतिक नेतृत्वको निम्ति, सरकारको निम्ति अव मूख्य रुपमा एउटा चुनौति र एउटा अवसरको रुपमा अगाडी छ । यस्तो अवसर र चुनौति ईतिहासमा पटक पटक आईराख्दैन । बिरलै खास खास बेलामा मात्रै आउँने अवसर र चुनौती अहिलेको नेतृत्वको काँधमा छ । त्यसकारण नेतृत्वले सम्पूर्ण नेपालीहरुलाई विश्वासमा लिएर एकताको सूत्रमा बाँधेर एउटा राष्ट्रिय संकल्प सहित समृद्धिको र शुसासनको नयाँ यात्रा शुरु गर्न सक्छ कि सक्दैन हामी अग्नी परीक्षामा छौँ । सम्माननिय प्रधानमन्त्री जी अग्नी परीक्षामा हुनुहुन्छ । हामी सबै नेतृत्वकर्ताहरु एउटा ठूलो अग्नी परीक्षामा छौँ र हामी सबै नेपालीहरु पनि यो बिरलै पाईने अवसर हुनुको नाताले एउटा समृद्ध, सत्य, लोकतान्त्रीक नेपाल निर्माण गर्ने अवसर हामीमाथी छ । त्यसकारण हामी सबै सचेत नागरीकहरु र आम जनताको निम्ति यो चुनौती पनि हो र अवसर पनि हो ।
समृद्धिको यात्रा, शुसासनको यात्रा, स्थीरताको यात्रा, एकाध व्यक्ति विशेष या पार्टि विशेषले मात्रै पूरा गर्न सक्ने कुरा होईन । हामी ईतिहासमा जतिपनि कुराहरु देख्छौँ । एउटा ठूलो क्षति र पिडाको विचबाट गुज्रेपछि नै राष्ट्रले छिटछिटो समृद्धिको एउटा महायात्रा सम्पादन गरेका छन् । हामी एसीयामा हेरेपनि, अफ्रिकामा हेरेपनि ल्याट्रिन अमेरीकि देशहरुमा हेरेपनि त्यो चिज देख्छौँ ।, हामीहरु पनि झण्डै ७० वर्षदेखि अराजकता, सुशासनको अभाव, शान्तिको अभाव, कहिँ न कहिँ परीवर्तनको निम्ति ठूलठूला बलिदानहरुको बिचबाट गुज्रीयौँ । ठूलो क्षति र पिडाको बिचबाट हामी गुज्रेर आएका छौँ । अव हामी सम्पूर्ण नेपालीहरु एउटा सँकल्प गर्नु छ । अवको अवधि हामी सबै एक भएर प्रकृतिले दिएको जे बरदान छ, त्यसको हामी सदुपयो गर्ने छौँ । हामी एउटा नयाँ सँकल्प, अव यो भन्दा बढी के गर्न बाँकी रह्यो ? हामीले संविधान सभा ग¥यौँ, हामीले संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा ग¥यौँ, हामीले निर्वाचन सम्पन्न ग¥यौँ, लोकतन्त्र सुदृढ भयो । अव फेरप्नि विखण्डनका कुरा फेरी पनि आन्दोलनका कुरा, फेरी पनि हिँसाको कुरा गर्ने भनेको यो भन्दा दुर्भाग्यपूर्ण कुरा अरु केही पनि हुनै सक्दैन । र त्यो नेपाली जनतालाई सह्य हुने कुरा पनि छैन । नेपाली जनता जुन प्रभावबाट गुज्रेर यहाँ आईपुगेका छन् अव उनीहरु चाहन्छन छिटो भन्दा छिटो शुसासन र समृद्धिको एउटा नयाँ यात्रातिर देश जाओस । त्यो भन्दा बाहिर कसैले गतिविधी गर्न चाह्यो नेपाली जनता आफै त्यसलाई निस्तेज पार्न अगाडी आउने स्थीति बन्छ ।
त्यसकारण म आजको यो अवसरलाई म सबै राजनीतिक शक्तिहरु, सबै राजनीतिक प्रबृत्तिहरु, सबैलाई पनि यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्न अपिल गर्न चाहन्छु । हामीले एउटा राष्ट्रिय एकता कायम गरेर राष्ट्रिय संकल्पको प्रतिवद्धता गरेर नयाँ एउटा समृद्ध नेपाल निर्माण गर्नु छ ।
अव पत्रकारीता क्षेत्रबाट पनि हामीले एउटा चिजमा, सम्पूर्ण पत्रकारहरु राष्ट्रिय एकता कायम गर्ने कुरामा , सुशासन र समृद्धिको यात्रामा सबैलाई जोड्ने कुरामा हामी सबै क्षेत्रबाट, पत्रकारीताको क्षेत्रबाट, राज्यको चौँथो अँग भनिएको क्षेत्रबाट सबभन्दा ठूलो भूमिका खेल्न जरुरी छ । म सबै पत्रकार साथीहरु र देशभरीबाट यो कार्यक्रम हेरीराख्नु भएको छ, सुनिराख्नुभएको छ उहाँहरुलाई पनि म अपिल गर्न चाहन्छु । अव समय बिल्कुल खेर नफालौँ । हामीले जनताको दिमागमा भ्रम छर्ने कुनैपनि गतिविधी नगर्ने सँकल्प गरौँ । जनतामा एकता पैदा गर्ने र सुशासन र समृद्धिको नयाँ यात्रामा सहाभागी हुने नयाँ मानसिकता, नयाँ संस्कारको विकास गर्नको निम्ति हामी सबैले पहल गरौँ । सरकारले त्यसको नेतृत्व गर्दैछ । सरकाले त्यसको निम्ति पाईला चाल्दै छ । त्यसमा हामी सबैले आलोचना प्रतिआलोचना धेरै गरीसकेका छौँ । अव एउटा राष्ट्रिय सँकल्पको यात्रा शुरु गर्ने हामी सबैले अभियान अगाडी बढाउँ । सायद त्यसैले नै अवको नेपाल र आउने हाम्रा पिढीहरुले हाम्रो यो अवसर र चुनौतिहरुलाई ठीक ढंगले भोली बुझ्ने छन् । आत्मसात गर्ने छन भनेर पनि म भन्न चाहन्छु ।
आजको दिन बडो राम्रो दिन किनपनि भयो भने हामी राष्ट्रिय जीवनका धेरै व्यक्तित्व यहाँ देखेको छु । हामी सबैले एकचोटी प्रतिवद्धता व्यक्त ग¥यौँ, संकल्प ग¥यौँ भने नेपाल निर्माण गर्न गाह्रो छैन । त्यो संभव छ ।
यहाँ हाम्रा छिमेकी भारत र चिनबाट पनि महामहिम राजदुत र दुतावासका प्रतिनिधी यहाँ हुनुहुन्छ । दुवै छिमेकीको । यतिबेला दुवै छिमेकीबाट सहयोग लिने, उहाँले गरीराखेको विकासको यात्राबाट हामीले लाभ उठाउने पनि यो अवसर हो । लामो समयसम्म नेपालमा यो विदेश नीतिका सन्दर्भमा फूटाउ र राजगर भन्याजस्तो कसैलाई प्रो चाईनिज कसैलाई प्रो मोनार्कि कसैलाई प्रो काँग्रेस भनाउने र त्यसरी नै राजनीति गर्ने र कहिल्यै पनि राष्ट्रिय एकता हुन नदिने, छिमेकीहरुसंगको सम्बन्धलाई सन्तुलिन बनाएर नेपाल राष्ट्र र नेपाली जनताको हितमा त्यसलाई सदुपयोग गर्ने वातावरण बन्न दिईएन । यसको तिर पनि मेरा धेरै गुनासो होईन तर अव समय फेरीएको छ । अव नेपाली जनता सार्वभौम भएका छन, अव नेपाली जनतालाई विभाजीत गर्ने होईन नेपाली जनतालाई एकतावद्ध गर्ने राजनीति, अव हामी कुनै अरु कसैको प्रो होईन, हामी प्रो नेपाल र प्रो नेपाली, र हाम्रा दुवै छिमेकी संग राम्रो छिमेकी सम्बन्ध र विकासका लागि दुवैबाट लाभान्वित हुने मैले त्यो अवसर प्राप्त गरेँ । मलाई गतसाल प्रधानमन्त्रीको रुपमा दुवै छिमेकी देशका सरकारका प्रमुख र राष्ट्रप्रमुखलाई संगै भेटेर नेपालको नेपालको ऐतिहासिक आवस्यकता केहो ? नेपाली जनताको चाहना के हो र भारत र चीनबात नेपाली जनता कस्तो सहयोग चाहन्छन भनेर राख्ने अवसर प्राप्त गरेको थिएँ ।
तर त्यतिबेला हामी निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक तरीकाले जनताद्वारा अनुमोदित बलियो सरकारको अवस्थामा हामी थिएनौँ । अहिले प्रधानमन्त्री केपि ओली झण्डै २ तिहाई बहुमत र जनताको अभिमत सहित प्रधानमन्त्री हुनुहुन्छ । लामो समयसम्मको राजनीतिक अस्थीरताको यूग समापन गर्ने एउटा अवसर सरकारलाई प्राप्त छ । ंर यो अवसरको सदुपायोग गर्न सबैले संकल्प गरौँ । पत्रकारीताको क्षेत्रबाट पनि हाम्रो अवको विदेशनीति, हाम्रो आन्तरीक राष्ट्रिय नीति, राष्ट्रिय एकताको नेपाल र नेपालीको समृद्धिको र सबै छिमेकी र मित्रराष्ट्रहरुसंगे सन्तुलित सम्बन्धको एउटा नयाँ यूग हामीले अगाडी बढाउनु छ,। यसको निम्ती पत्रकारीता क्षेत्र एउटा यस्तो क्षत्र हो जसले एउटा नयाँ मनोविज्ञान, नयाँ विचार सोँचलाई आम जनतामा एउटा शक्तिको रुपमा रुान्तरण गर्ने भूमिका खेल्न सक्दछ । म त्यो भूमिकामा खरो उत्रिन आहवन गर्दछु ।
हामी यो प्रकृयामा आएको झण्डै झण्डै २० वर्षमा जाँदै छ । प्रधानमन्त्री जी र मैले कहिलेकाहीँ कुरा गर्छौँ उहाँ नेपालमा लोकतन्त्रको निम्ति भनेर, नेपालमा समृद्धि भनेर १४ वर्ष जेल बस्नुभयो, मेले भन्छु म १४ वर्ष बनबास भन्ने गरीएको छ, बसेँ । एउटा बनबास १४ वर्ष बस्यो । एउटा १४ वर्ष जेल बस्यो । हाम्रो एउटा मिलन भएको छ । यो घोषणा भयो । जेलबास र बनबास के को निम्ति गरीएको थियो भने नेपाल राष्ट्रको निम्ति र नेपाली जनताको समृद्धिको निम्ति । अरु केही स्वार्थ थिएन । अव जनताले त्यो विश्वास गरेर त्यो अवसर दिएको छ, हामीले त्यो नचुकाउँ । म अन्तिममा मैले पार्लियामेण्टमा बोलेको कुरा अव जनताले भाषण भन्दा एक्सन हेर्न चाहेको छ, एक्सनमा जाउँ । धन्यवाद । (चैत्र १७ गते, शनिबार रिपोर्टर्सं क्लव नेपालको २० औँ वार्षिकोत्सवमा आयोजीत समारोहमा प्रचण्डको मन्तव्य )

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।