मुम्बई / एजेन्सी– फिल्मी क्षेत्रमा प्रेम, विवाह, दाम्पत्य सम्बन्ध, विछोड, फेरि दोस्रो विवाहजस्ता विषय सामान्य हुन थालेका छन् । तथापि, पहिलो विवाह असफल भएपछि दोस्रो विवाह गर्दा आफ्नो दाम्पत्य जीवन सुखद् भएको बताउने सिनेकर्मीहरू पनि छन् ।
यस्तै, क्रममा करिना कपुर र सैफ अली खानले आफूहरूको दाम्पत्य जीवन सुखद भएको बताएका छन् । सैफले आफ्नी पत्नी अमृता सिंहसँग सम्बन्ध विच्छेद गरेको धेरै समयपछि करिनासँग प्रेम विवाह गरेका हुन् । सैफको पहिलो विवाहबारे आफूलाई कुनै मतलव नभएको र दोस्री पत्नीका रूपमा आए पनि जीवन सुखद भएको करिनाले बताएकी छन् ।
अभिनेत्री विद्या बालनले यसअघि दुई पत्नीसँग सम्बन्धविच्छेद गरेका चलचित्र निर्माता सिद्धार्थ राय कपुरसँग विवाह गरिन् । आफूहरूको दाम्पत्य जीवन सुखद भएको र सिद्धार्थको पूर्वविवाहप्रति आफूले चासो नलिएको यी नायिकाले बताएकी छन् ।
अभिनेत्री जुही चावलाले पनि पहिली पत्नीसँग सम्बन्धविच्छेद गरेका व्यापारी जय मेहतासँग विवाह गरेकी हुन् । दोस्री पत्नीका रूपमा जयसँग विवाह गरेकोमा कुनै पछुतो नभएर र दाम्पत्य सम्बन्ध अत्यन्त राम्रो बनेको उनले बताएकी छन् ।
अभिनेत्री शिल्पा सेट्ठीले व्यापारी राज कुन्द्रासँग दोस्री पत्नीका रूपमा विवाह गरिन् । राजले पहिली पत्नीसँग सम्बन्धविच्छेद गरेपछि शिल्पासँग नाता जोडे । अहिले उनीहरूको जीवन सुखद छ । पहिली पत्नीसँग दाम्पत्य सम्बन्ध तोडेका निर्माता आदित्य चोपडासँग अभिनेत्री रानी मुखर्जीले विवाह गरेकी हुन् ।