काठमाडौं २० चैत । आगामी २३ चैतदेखि भारत भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोली बढीमा ६० सदस्यीयसम्मको हुने भएको छ ।
प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी, स्वकिय सचिव, सल्लाहकारका साथै तीन जना मन्त्री, सांसद, विभिन्न मन्त्रालयका सचिवसहितका सरकारी कर्मचारीका साथै विभिन्न क्षेत्रका व्यक्तित्वसहित बढीमा ६० सदस्यीयसम्मको भ्रमण टोली हुने भएको हो ।
सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले सरकारले मितव्ययितताको नीति लिएकाले सानो भ्रमण टोली बनाउने तयारी भईरहेको जानकारी दिए । ‘मन्त्रीपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलाई अनुमोदन गरेको छ, मन्त्री बाँस्कोटाले भने, ‘सरकारले मितव्ययितताको नीति लिएकाले भ्रमण टोली सानो बनाउने तयारी छ, ६० सदस्यीय भन्दा ठूलो हुँदैन ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।