दिप बहादुर घर्ति

जाजरकोट ११ चैत्र । जाजरकोट पुन्म गाविस वडा नं.५ भेर्याका एक विद्यार्थीले विद्यालयको ड्रेसमा बजारमा आफ्नै घरवारीको केराउ बोकेर विक्रि गर्ने गरेका छन । उनीले आफ्नो पढाईका लागि गरिने खर्च यसै गरी कमाउन थालेका छन ।
लक्ष्मी माध्यामिक विद्यालय पुन्म ५ भेर्या कक्षा ७ मा अध्ययनरत शिवलाल घर्ति उम्मेरले उनी १३ बर्षका मात्र भएका छन । सदरमुकाम खलंगा देखि झण्डै १०/१२ कोष टाँढा रहेको पुन्माको भेर्याबाट विद्यालय फुर्सदको दिन विद्यालयको ड्रिस नै फेर्न नपाएर  विहानै ४ बजेतिर वोरामा केराउ बोकेर खलंगा ७ बजे पुगेर ९/१० बजे सम्म केराउ बेचेर घर फर्कने गरेका छन । १३ बर्षे विद्यार्थी शिव घरवाट बोरामा बोकेर १५ किलो केराउ खलंगा पुर्याएर बिक्री गर्ने गरेका छन । उनीले केराउ प्रति किलो ३० रुपैयाका दरले १५ किलोको एक पटकमा केराउ वेचर ४ सय ५० रुपैयाको व्यापार गरेर ५० रुपैया मात्र खर्च गरेर ४ सय रुपैया घरमै पुर्याउने गरेको वताए । साथै घर्तिले आफ्नो पढाई खर्च जुटाउनलाई घरमा अर्को पेशा ब्यबसाय नभएको हुदा नियमित बारीमा तरकारी फलाएर खलंगाको बजारमा ल्याएर बिक्री गर्ने गरेको छु भने ।
जिल्लाका हजारौं विद्यार्थीहरुको अवस्था यस्तै रहेको छ । आफ्नो पढाई खर्च मात्र नभएर घर खर्च जुटाउनलाई पनि स्कुले केटाकेटीहरुले केहीन केही गर्नै पर्ने अबस्था हाल सम्म जिल्लाका अधिकांस ठाउका विद्यार्थीहरुमा छ । हजारौंको संख्यामा विद्यार्थीहरुले डोल्पा,मुगू र हुम्लाका हिमालमा पुगेर जीवन बुटी खोज्नु पर्ने,टिप्नु पर्ने,सडकहरुमा घैटी,बेल्च्या चलाउनु पर्ने, गिट्ठी कुट्नु पर्ने, वालुवा चाल्नु पर्ने अबस्थावाट विद्यार्थी जीवन अगाडी वढाउनु पर्ने बाध्यता कायमै छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।