काठमाडौँ, १३ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले उपसभापतिमा दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आआफूले उपसभापति पाउनुपर्ने माग गरे । बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिएकाे भन्दै दाबी गरे । गच्छदारअघि बाेलेका नेता श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दावी पेश गरेकाे थिए ।