काठमाडौं १७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्नु उचित नहुने बताएको छ । मोदीलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय स्वाभिमानविरुद्ध हुने मसालको ठम्याई छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्ध हुने बताएका छन् ।
‘हाम्रो पार्टीको यो स्पष्ट र दृढ मत छ कि उनलाई नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्धको कुरा हुनेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधान जारी हुन नदिन मोदी सरकारले दवाव दिएको, नेपालविरुद्ध नाकाबन्दी लगाएको, नेपालको संविधानविरुद्ध अन्तर्राष्ट्रिय अभियान चलाएको, तराईलाई नेपालबाट अलग गराउन पृथकतावादी समूहलाई उक्साउने काम गरेको र नेपालमा आफ्नो एकलौटी बजार कायम गर्न अहिलेसम्म पारवहन सन्धिलाई पनि अनुमोदन नगरेको आरोप मसालले लगाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।