काठमाडौं १८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हेलिकप्टरबाट सिधै जनकपुर आउने भएका छन् । २ दिने नेपाल भ्रमणका क्रममा उनी सिँधै जनकपुर आउने भएका हुन् भने प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुग्ने भएका छन् ।
गृहमन्त्री रामबहादुर थापाले मोदी काठमाडौं नगई सिधै हेलिकप्टरबाट जनकपुर आउन लागेको जानकारी दिएका हुन् । मोदीको भ्रमण तयारीको निरीक्षण गर्न मंगलबार जनकपुर पुगेका गृहमन्त्री थापाले यस्तो जानकारी दिका हुन् ।
बिहारको पटनासम्म हवाइजहाजमा आउने मोदी त्यहाँबाट हेलिकप्टरमा जनकपुर आउनेछन् । त्यसपछि मुक्तिनाथको दर्शनका लागि जानेछन् त्यसपछि भने काठमाडौं आउनेछन् ।
गृहमन्त्री थापाले मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको भन्दै भ्रमण नितान्त धार्मिक हुने बताएका छन् ।
Comments







