काठमाडौं २४ वैशाख । रोयल च्यालेन्जर्स ब्यांग्लोर (आरसिबी) लाई सनराइजर हैदरावाद विरुद्ध जितका लागि अन्तिम ६ बलमा १२ चाहिएको थियो । तर बलले बाउन्डरीको स्वाद नचाख्दा आरसिबीलाई अन्तिम बलमा ६ रन जितका लागि आवश्यक पर्यो ।

अन्तिम बलको सामना गरिरहेका थिए, कोलिन डि ग्रान्डहोमेले । आरसिबीका फ्यानहरु कोलिनले छक्का हान्लान् र गेम जित्लान् भन्ने आशामा थिए । तर अन्तिम बलमा कोलिन आफैं बोल्ड हुन पुगे भने आरसिबी ५ रनले पराजित हुँदै टुर्नामेन्टबाट लगभग बाहिरिने बाटोमा पुग्यो । हैदराबाद भने ५ रनको जितसँगै पहिलो नम्बरमा नै टिकेर अब्बलता देखायो ।

गएराती भएको खेलमा हैदरावादले पहिलो ब्याटिङ गरेर १४७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । १४६ रन जोड्न २० ओभरमा १० विकेट नै हैदरावादले खर्चिएको थियो । ब्याटमेनहरुको ग्यारेज जस्तै रहेको आरसिबीका लागि १४६ रन खासै ठूलो थिएन । तर, कडा बलरहरु थुपारेर बसेको हैदरावादको सामना गर्न नसक्दा आरसिबीले २० ओभरमा १४१ रन मात्र जोड्न सक्यो । आरसिबीका विराट कोली, एबी डि भिल्लर्स, भोह्रा, पटेल कसैले पनि अर्धसतक सम्मको रन जोड्न सकेनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।