काठमाडौं २४ वैशाख । यातायात सिन्डिकेट अब पूर्ण रुपमा अन्त्य भएको छ । सरकारको सिन्डिकेट अन्त्य गर्ने निर्णयमा आन्दोलनरत व्यवसायीले स्वागत गर्दै समर्थन गरेसँगै अब सिन्डिकेट अन्त्य भएको हो । सरकारको यातायात सिन्डिकेट हटाउने निर्णयको विरोधमा रहेका यातायात व्यवसायीहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्।

सरकारी निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आइतबार मध्यरात भएको सहमतिको ५ बुँदा सोमबार सार्वजनिक गर्दै व्यवसायीहरूले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन् । पाँच बुँदे सहमतिमा यातायात सिन्डिकेट अन्त्य हुनेसहितका बुँदाहरु उल्लेख छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।