काठमाडौं २५ वैशाख । नेपाल पत्रकार महासंघ उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले पदभार ग्रहण ग्रहण गरेका छन् ।

महासंघमा मंगलबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आर्चायले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ बधाई तथा पूर्ण कार्यसफलताको शुभकामना दिए । अध्यक्ष आर्चाले निर्वाचित प्रदेश कमिटीले महासंघका तल्लो कमिटिको अनुगम तथा सदस्य वितरण गर्ने लगायताका अधिकार राख्ने भन्दै केन्द्रसंग सहकार्य गरेर काम गर्नुपर्ने धारणा राखे ।

महासंघका महासचिव रमेश विष्टले निर्वाचित सबैलाइ बधाइ दिदै महासंघको प्रदेश समिति निर्वाचन संगै महासंघ आधिकारिक रुपमा संघिय ढाँचामा प्रवेश गरेको बताए । उनले पत्रकारका पेशागत सुरक्षा तथा अन्य समस्याहरुमा महासंघ केन्द्रसग सहकार्य गरेर अघि बढ्न आग्रह गरे । नेपाल पत्रकार महासंघ केन्द्रिय निर्वाचन समिति संयोजक बबिता बस्नेतले निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरुलाई बधाइ तथा सफलताको शुभकामना दिइन् ।

त्यसैगरि उपत्यका प्रदेश समितिमा निर्वाचित नारान कुमार दाहाल, प्रतिष्ठान प्रदेश समिति अध्यक्ष शेखर अधिकारी तथा एसोसियट प्रदेश समिति अध्यक्षमा निर्वाचित केपीले ढुंगानाले धारणा राखे । महासंघको १० वटा प्रदेश समितिको निर्वाचन यहि बैशाख २२ गते भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।