काठमाडौं २६ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जनकपुरमा बनाइएको स्वागत गेट वर्षा तथा हावाहुरीले भत्काईदिएको छ ।
बुधबार बिहान वर्षासँगै आएको हावाहुरीले जनकपुरका विभिन्न ठाउँमा बनाइएको स्वागतद्वार भत्किए हुन् ।

भारतीय प्रधानमन्त्रीलाई स्वागत र नागरिक अभिनन्दन गर्न १० दिनदेखि तयारी गरेर बनाइएका गेटहरु हावाहुरीबाट भत्किएका हुन् । मोदीको नागरिक अभिनन्दनका लागि निर्माण गरिएको मञ्च तथा पण्डाल पनि हावाहुरीले भत्काएको छ।

आगामी २८ गते भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुँदैछ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन् भने जनकपुर हुँदै उनी काठमाडौं आउने कार्यसूचि छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।