दिप बहआदुर घर्ति

जाजरकोट ९ चैत्र ।

जाजरकोटको विकट पुर्वी क्षेत्रका बासिन्दाले प्रमुख जिल्ला अधिकारी लगायतका कार्यालय प्रमुखहरु सँग सरकारी सेवा सुविधा सुलभ हुन नसकेको गुनासो पोखेका छन् । स्थानियले गुनासोका साथै विकासको माग गरेका छन् ।
विकास निर्माण र सरकारी सेवा सुविधाको प्रभावकारीता सम्वन्धमा अनुगमण गर्न खगेनकोटको दल्ली पुगेका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, स्थानिय विकास अधिकारी चक्रबहादुर बुढा, प्रहरी प्रमुख डिएस्पी चक्रबहादुर सिहं, राष्ट्रिय अनुसन्धानका प्रमुख प्रकास शाह लगायतका विकासे कार्यालयका प्रमुखहरु सँग स्थानियले गुनासो पोखेका हुन् । डाँडाखोला निम्नमाध्यमिक विद्यालयका शिक्षक दिनेश ओलीले सरकारी सेवा सुविधा ग्रामिण भेग सम्म पुग्न नसकेको , समयमा पाठ्यपुस्तक नपुग्नु, शिक्षक दरबन्दीको अभाव , प्रवेशिका परिक्षमा भएको होम सेन्टर परिवर्तनले विद्यार्थीलाई खान बस्नको समस्या परेको गुनासो गरे । त्यस्तै खगेनकोट १ की अमला शाहीले गाविस सचिवहरु गाँउ नबस्दा विभिन्न सिफारिस लिन र सामाजिक सुरक्षा भत्ता लिन समस्या परेको, टावर नहुँदा टेलिफोनको समस्या, महिलाहरुमा झनै घरेलु हिँसा बढेको गुनासो गरिन । उनले बन फडानी तिव्र भएको, स्वास्थ्य संस्थामा औषधी र स्वास्थ्यकर्मी नहुँदा उपचार सेवा प्रभावकारी हुन नसकेको बताईन ।
प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले स्थानिय संगको छलफलमा पुरा गर्न सकिने नागरिक गुनासाहरुको तत्काल पुरा गर्ने आश्वासन दिएका छन् । स्थानियले प्रमुख जिल्ला अधिकारी र स्थानिय विकास अधिकारीलाई खानेपानी,सिचाई,बाटो,लघ जलविद्युत, टेलिकमको टावर निर्माण, नेपाल बैक लिमिटेडको उपशाखा र  खाद्य डिपो पुर्नस्थापनाको माग गदै ज्ञापनपत्र बुझाएको स्थानिय वीनबहादुर सिहले बताए । राजनैतिक दलका नेताले बर्षेनी विकास निर्माण लगायतका स्थानियका माग पुरा गर्ने आश्वासन दिएर पुरा नगरेपछि स्थानियले दलका नेता भन्दा जिल्लाका कार्यालय प्रमुखहरु प्रति विश्वस्त भएर आफ्ना समस्या खुलेर राखेका हुन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।