दिप बहादुर घर्ति
जाजरकोट ९ चैत्र । नेपाल कम्युनिष्ट पार्टी–माओवादी जाजरकोटले आफ्ना स्थानिय कार्यकर्ता तथा जनतालाई क्रान्तिको लागी तयार रहन ठाउँ–ठाउँमा सन्देश सभा सम्पन्न गरिरहेको छ । जिल्लाको तेश्रो सम्मेलन सम्पन्न गरे लगतै माओवादी पार्टीले सन्देश सभाको सुरुवात गरेको छ ।
जाजरकोटको पुर्वमा रहेका गाविसहरुलाई लक्षित गरेर बुधवार रोकायगाउँको लिम्सामा र सुक्रवार खगेनकोटको दल्लीमा नेकपा–माओवादीका सन्देश सभा सम्पन्न भएका छन । उक्त सन्देश सभामा स्थानिय बाँजाँगाजा,स्थानिय झाँकी मयुरपङ्घि नाँच सहित जनताको ठुलो संख्यामा उपस्थिती रहेको थियो । 
जनतावाटै लिने र जनतालाई नै दिने माओवादीको जनशैली अनुरुप जनताको निर्देशनमा जिल्लाको तेश्रो सम्मेलन सम्पन्न गरेर हामीले सम्मेलनको नव सन्देश जनतासंगै पुर्याउँन सन्देश सभाको आयोजना गरिरहेको उक्त सभामा बोल्दै केन्द्रिय सदस्य तथा भेरी कर्णाली राज्य समिति ईन्चार्ज माया प्रशाद शर्माले बताए ।
 सभालाई सम्बोधन गर्दै अर्का केन्द्रिय सदस्थ तथा भेरी कर्णाली राज्य समिति सह–सेक्रेटरी गगन बहादुर खड्का(जीवन) ले जनताको पूर्ण मुक्तिका लागी मुलूकमा क्रान्तिकारी पार्टी निर्माण गर्ने बिषय ज्यादै महत्वपूर्ण विषय भएको हुदा ठुलो हात्ति पार्टी नभएर लडाकु क्रान्तिकारी निर्माण गर्न जिल्लाको तेश्रो जिल्ला सम्मेलन पूर्ण सफल भएको छ भने ।
उल्लेखित दुवै सन्देश सभामा पार्टीका तर्फवाट द्धय केन्द्रिय सदस्य माया प्रशाद शर्मा ( पारसमणी),गगन बहादुर खड्का ( जीवन ), जिल्लाका सेक्रेटरी ढकवीर राना ( शान्त ), जिल्ला समिति सदस्य इमाश्व ( विराग ), मोर्चाका तर्फवाट वीर बहादुर खड्का (क्षितिज), युवा संगठनका तर्फवाट प्रेम प्रकाश वली ( धमिल ) र विद्यार्थी संगठनका तर्फवाट केवी मल्लले सम्वोधन गरेका थिए ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।