काठमाडौं ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरमा भएको अभिनन्दनका क्रममा प्रदेश दुईका मुख्य मन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

ओलीले जनकपुरमा भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनका क्रममा राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादा विपरीतको अभिव्यक्ति भएको भन्दै मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन् ।

‘नेपाल सरकारको परराष्ट्र सम्बन्ध सञ्चालन गर्नेबाट यो भएको होइन । नेपाल भारतका सम्बन्धमा हाम्रो नीति स्पष्ट सम्बन्ध छँदै छ ।’ ओलीले संसदमा भने ।

अभिनन्दनका क्रममा राउतले संघीय संसदले भेदभाव गरेको र संविधानका विरुद्ध संघर्ष गरिरहेको भन्दै आन्तरिक मामिलाको विषय मोदीसँग सुनाएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।