काठमाडौं २८ वैशाख । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा दुई ठाउँ सम्बोधन गरेका छन् ।
सम्बोधनमा नेपाल भारतको सम्बन्धबारे जोड तोडले सम्बोधन गरेका मोदीले नाकाबन्दीबारे भने मुख खोलेनन् ।

नेपालमा नाकाबन्दी लगाउनुपूर्व मोदीले एक पटक राजकियसहित दुई पटक भ्रमण गरेका थिए । नाकाबन्दीपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

उनको भ्रमणका क्रममा नाकाबन्दीबारे माफी माग्नुपने आवाज चर्को उठीरहेको छ । मोदीले भने यो विषयलाई छुँदा समेत छुएका छैनन् । मोदीले जनकपुरमा ओलीसँगै सम्बोधन गरेका थिए । जनकपुरमै उनले जनकपुर महानगरपालिकाले आयोजना गरेको अभिनन्दन कार्यक्रममा पनि सम्बोधन गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।