काठमाडौं ३ जेठ । ठेक्का लिएर निर्धारित समयमा सडक मर्मत नगर्ने ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले यसअघि सडक निर्माण ढिला गर्ने ठेकेदारलाई पक्राउ गरेर जेल हाल्न निर्देशन दिएका थिए ।

प्रहरीले पोखरास्थित पृथ्वी राजमार्गको गगनगौंडा सडकखण्डमा १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न ढिलाइ गर्ने निर्माण व्यवसायी सुरेन्द्र बस्नेत पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएर छिटोभन्दा छिटो काम सक्ने गरी बुधबार कागज गरेर छाडेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।