पोखरा, ६ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वार्षिक साढे ६ लाखले लोक सेवा परीक्षा तयारी गर्ने गरेको बताएका छन् । उनले संघीय निजामती सेवा ऐन बन्दै गरेको बताउँदै आगामी बजेटमा कर्मचारीको भावना सकेसम्म समेट्न प्रयास गरिने बताए ।

कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उनले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको टे«ड युनियन आवश्यक नरहेको स्पष्ट पारे । कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने उनको भनाई छ ।

मन्त्री पण्डितले केन्द्रीय बजेट आउनुभन्दा अघि सकेसम्म सबै अन्तरिम संगठन संरचना तय गरिसकिने बताउँदै खटाएका ठाउँमा कर्मचारी जानुपर्नेमा जोड दिए । उनका अनुसार सबैभन्दा आकर्षकको पेशा तथा सेवा निजामती सेवा नै हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।