चैत्र ७ । विस्तृत शान्ति सम्झौता विपरित जनयुद्धकालिन मुद्धा ब्युँताएर गोरखा फुुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा प्रहरीले एकै परिवारका दुई जनालाई पक्राउ गरेको छ ।
फुजेल गाउँ विकास समिति– ६ का ७४ वर्षीय छविलाल पौडेल र उनका भतिजा ४२ वर्षीय भीमसेन पौडेललाई प्रहरीले पक्राउ गरेको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ ।
कृष्ण अधिकारीको हत्या आरोपमा यसअघि परशुराम  पक्राउ परेपनि अनुसन्धानबाट पुष्टि नभएपछि प्रहरीले रिहा गरेको थियो। उक्त घटना युद्धकालिन भएको भन्दै दुवै माओवादीले भने कडा आपत्ती जनाउँदै आएका छन् । यद्यपी सरकारले भने पटक पटक विभिन्न व्यक्तिहरुलाई पक्राउ गर्दै आएको छ ।
यता, छोरा कृष्ण अधिकारीको हत्यारा पक्राउको माग गर्दै अधिकारी दम्पती लामो समयदेखि अनशनमा बसरहेका छन्। 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।