काठमाडौं १० जेठ । पूर्व नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको १९ जना स्थायी समिति सदस्य टुंगाउन सकेको छैन ।
माओवादीभित्र अन्तिम ६ जनाको नाम चयन गर्न सकस देखिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकतापछि नेपाल कम्युनिष्ट पार्टी स्थापना भईसकेको छ । जसमा ९ जना हाई कमाण्ड र ४५ जना स्थायी समिति रहने निर्णय भएको थियो । एमालेको भागमा परेको २६ जनाको नाम टुंगो लागे पनि माओवादीको भागमा परेको १९ जनाको टुंगो लाग्न सकेको छैन ।
पूर्वमाओवादीबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामवहादुर थापा बादल हाइकमाण्ड सदस्य छन् । त्यस्तै टोपवहादुर रायमाझी, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिवोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, अग्नि सापकोटा, मात्रिका यादव विगतको वरिष्ठताका आधारमा स्थायी कमिटीमा पर्ने निश्चित छ । बाँकी ६ जनामा पर्न करीब एक दर्जन नेताहरुको प्रतिस्पर्धा छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।