हङकङले बंगलादेशलाई सस्तोमा समेटेका भए नेपाल पुग्ने थियो सुपर राउण्डमा

चैत्र ६ । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा हङकङले बंगलादेशलाई २ विकेटले पराजित गरेको छ ।

एसोसिएट टिमले टेष्ट मान्यता प्राप्त बंगलादेशलाई हराएको हो । बंगलादेश हङकङसँग हारेपनि रनरेटका आधारमा सुपर टपटेनमा भने प्रवेश गरेको छ ।

प्रतियोगितामा हङकङले बंगलादेशलाई १०८ रनमै रोकेको थियो । १६.३ ओभर खेल्दा बंगलादेश १०८ रनमै अल आउट हुँदा जवाफी ब्याटिंग गरेको हङकङले १९.४ बलमा लक्ष्य भेटाएको थियो ।

यस खेलमा हङकङले १३.२ ओभरमा बंगलादेशसामु जित हासिल गरेको भए रनरेटका आधारमा नेपाल सुपर टेनमा पुग्ने थियो । तर बंगलादेशको रनरेट नेपाल भन्दा राम्रा भएकाले नेपाल समूह चरणबाट बाहिरिन पुग्यो ।

प्रतियोगितामा ३/३ खेल भएकोमा नेपाल र बंगलादेश १/१ खेलमा हारे भने हङकङ र अफगानिस्तान २/२ खेलमा पराजित भए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।